बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
४० पटक हेरिएको
Shares
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ ।
  • आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकता राख्दै ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए ।
  • सरकारले चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।

 

१ असार, हेटौंडा ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकता राख्दै ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो । वर्तमान सरकारले तलब, भत्तामा खर्च हुने चालुभन्दा विकास खर्चको पूँजीगततर्फ ठूलो आकारमा बजेट विनियोजन गरेको छ ।

मन्त्री तामाङले पूँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात ६५ दशमलव ६९ प्रतिशत बजेट बिनियोजन गरेका छन् । चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात ३४ दशमलव ३१ प्रतिशत विनियोजन गरेको उनले बताए । खर्च व्यहोर्ने स्रोतहरूमध्ये कर, राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार, संघीय वित्तीय हस्तान्तणबाट १५ अर्ब ३१ करोड ४८ लाख, चालु आवको अनुमानित सञ्चित कोषको बचत विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री तामाङले जानकारी दिए । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रमआर्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न एक हजार परिवारलाई परिवारलाई घर बनाइदिन २० करोड बजेट छुट्याएको छ । एकीकृत प्रशासनिक संरचना (मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु), प्रदेशसभा र आवासको लागि ५६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

काठमाडौं उपत्यकाको बढ्दो शहरी चाप र सवारी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी–कुलेखानी सुरुङ मार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताए ।

भौतिक मन्त्रालयलाई २५ अर्ब बजेट

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै २५ अर्ब बढी विनियोजन गरेको छ । भौतिक मन्त्रालयले २५ अर्ब ६० करोड ८ लाख ४८ हजार बजेट पाएको छ । भौतिक पूर्वाधारपछि सरकारले स्वास्थ्य, सामाजिक क्षेत्र र खेलकुदलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई ९ अर्ब ६ करोड २ लाख ३९ हजार बजेट विनियोजन गरेको छ । खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयलाई ८ अर्ब ९० करोड ६१ लख ८५ हजार, कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्रालयलाई ६ अर्ब ७१ करोड ७७ लाख २४ हजार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड ५५ लाख ७४ हजार, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयलाई ७२ करोड ७७ लाख ५७ हजार बजेट बिनियोजन गरेको मन्त्री तामाङले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना