भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु

सारांश

  • उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।
  • शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो ।
  • नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

८ भदौ, काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ । द्विपक्षीय बैठकमा यस विषयमा पनि छलफल हुनेछ । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् । यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो