कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १०, २०८१
|
|
५४ पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको बताएका छन् ।
  • नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा एमालेद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
  • गाउँघरतिर ‘छोरी जन्मेपछि लाभै-लाभ’ भन्ने कथन रहेको सम्झाउँदै ओलीले भने, “नेपालमा पनि कम्युनिष्ट पार्टी जन्मेपछि लाभै-लाभ छ ।

१० वैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको बताएका छन् ।

नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा एमालेद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । गाउँघरतिर ‘छोरी जन्मेपछि लाभै-लाभ’ भन्ने कथन रहेको सम्झाउँदै ओलीले भने, “नेपालमा पनि कम्युनिष्ट पार्टी जन्मेपछि लाभै-लाभ छ ।” अगाडि उनले भने, “कम्युनिष्ट पार्टी यति लक्षिणको छ कि देशका लागि; यसको जन्म भयो कि राणा शासन फालिनेदेखि अनेक खालका उथलपुथल भएर जनताले जित्दै आएका छन् ।

देश, राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय हितको पक्षमा कम्युनिष्ट पार्टीहरूको गर्व गर्नलायक काम गरेका छन् । फरक प्रसङ्गमा ओलीले वर्तमान सरकार जनताको सरकार भएको बताए । कोही नहुनेहरूको लागि सरकार रहेको उल्लेख गर्दै उनले भने, “विकासका कामहरू भएका छन्, जनतालाई सुशासनको प्रत्याभूति महसुस गराइएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?