बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

सारांश

  • बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको छन् ।
  • शुक्रबार राति पौने ९ बजे दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ ।

२३ चैत, धनगढी ।

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको छन् । शुक्रबार राति पौने ९ बजे दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । गम्भीर घाईते अवस्थामा  जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । जीप चालकसहितका अन्य चार जना भने घाइते भएका छन् । घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट बस्ने वर्षीय ३० कविता परियार छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करीब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ
छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने