Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ६, २०८१
|
|
४९ पटक हेरिएको
Shares
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त

सारांश

  •   पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ ।
  •   नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा  महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ ।
  • त्यसलगत्तै राति ८:१५ बजे पुरुषतर्फको फाइनल सुरु हुनेछ ।

६ माघ, काठमाडौँ

भारतमा भइरहेको पहिलो खो खो विश्वकपको फाइनल खेल आज हुँदै छ ।  पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ ।  नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा  महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । त्यसलगत्तै राति ८:१५ बजे पुरुषतर्फको फाइनल सुरु हुनेछ । पहिलोपटक भएको  विश्वकपमा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेको हो ।

महिलातर्फ नेपाल समूह ‘सी’बाट अपराजित रहेर क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।  क्‍वाटरफाइनलमा इरानलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई पराजित गरेको थियो। यसैगरी पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो । क्‍वाटरफाइनलमा नेपालले बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?