सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कालीकोट केन्द्रबिन्दु भएर भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
९७ पटक हेरिएको
Shares
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प

सारांश

  • गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
  • शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।
  • पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

१३ पुस,  काठमाडौँ। गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।

पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो।

त्यसैगरी पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ। विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो। सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी
शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी