रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
९२ पटक हेरिएको
Shares
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा

सारांश

  • यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीश नियुक्तिमा अनपेक्षित विलम्ब गरिरहेका छन् ।
  • महिना दिनदेखि मुलुकको न्यायपालिका कायम मुकायम नेतृत्वको भरमा चलिरहँदा कार्यपालिका प्रमुखले यस विषयलाई लिएरखासै चिन्ता गरेको देखिँदैन ।
  • बरु रोलक्रममा पछाडि रहेका र अवकाशको मुखमा पुगिसकेका कतिपय कनिष्ठ न्यायाधीशहरु विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

१० वैशाख,काठमाडौं ।

यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीश नियुक्तिमा अनपेक्षित विलम्ब गरिरहेका छन् । महिना दिनदेखि मुलुकको न्यायपालिका कायम मुकायम नेतृत्वको भरमा चलिरहँदा कार्यपालिका प्रमुखले यस विषयलाई लिएरखासै चिन्ता गरेको देखिँदैन । बरु रोलक्रममा पछाडि रहेका र अवकाशको मुखमा पुगिसकेका कतिपय कनिष्ठ न्यायाधीशहरु विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

यिनैमध्येका एक कल्याण श्रेष्ठका प्रिय पात्र तिलप्रसाद श्रेष्ठ पनि मौकामा चौका हान्न उद्धत देखिएका छन् । उनी प्रधानन्यायाधीश होलान् नहोलान् । तर उनको योग्यता र कार्यक्षमताको परिचय दिने एउटा फैसला भने यहीसमयमा चर्चामा आएको छ ।   स्याङ्जा घर भएका तिलप्रसादले आफ्नै गृहक्षेत्रका प्रवर्धक रहेको युनिटी इन्टरनेसनल ठगी प्रकरणका मुख्य आरोपीहरुलाई कसरी उन्मुक्ति दिएका थिए भनेर सरकारले नै फेहरिस्त तयार गरी सर्वोच्चमा पेसगरेको छ । झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा कसुरदारलाई लाभ हुने गरी फैसला भएको भन्दै सरकार पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो ।  सर्वोच्चको फैसलाले कसुरदारलाई सजाय दिनुको सट्टा प्रोत्साहन गरेको देखिएको र सर्वसाधारणको ठगी भएको रकम कसुरदारलाई लाभ हुने देखिएको सरकारको दाबी छ ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ वैशाख २ गते युनिटी ठगी प्रकरणमा पीडितले दरखास्त गर्न आए ठगी भएको रकम फिर्ता गर्न सकिने भन्दै अनौठो फैसला सुनाएको थियो ।  झन्डै एक दशक पुरानो यो मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेपछि पीडितले रकम फिर्ता नपाउने अवस्था आएको थियो । अझ युनिटीका नाममा रहेको अस्पताल, जग्गाजमिन आदि सम्पत्ति कब्जा गरिरहेका व्यक्तिलाई उन्मुक्ति दिँदै दोषीहरुको जायजेथाबाट पनि असुल गर्न नहुने फैसला तिलप्रसादले लेखेका थिए । तिलप्रसादकै रायमा प्रकाशमानले सही गरेका थिए ।  ठग सञ्चालकलाई लाभ हुने गरी फैसला भएको देखिएपछि महान्यायाधिवक्ता कार्यालय पुनरवलोकन माग गर्दै सर्वोच्च गएको हो ।  सर्वोच्चले युनिटीका संस्थापकहरूलाई दोषी ठहर गर्दै सजाय सुनाए पनि एउटा बुँदामा गम्भीर कानुनी त्रुटि देखिएको सरकारको दाबी छ । फैसलामा जाहेरी दिन नआएका ३ लाख ६२ हजार १९८ जना बचतकर्ताको रकम र यससँग सम्बन्धित सम्पत्ति ‘दाबी गर्न नआएमा कम्पनीकै नाममा फुकुवा हुने’ उल्लेख थियो । यही बुँदाले अपराधीलाई नै आर्थिक लाभ पुग्ने र पीडितको हक खोसिने भन्दै सरकारी वकिलले पुनरवलोकन माग गरेका हुन् ।

सर्वोच्चले फैसलामा ‘दाबी पर्न आएकाको हकमा बिगो रकम भराई कम्पनीको नामको सम्पत्ति बाँकी रहन आए कानुनबमोजिम फुकुवा गरिदिने वा कम्पनीको नाममा जम्मा गरिदिने’ उल्लेख गरेको छ । सर्वोच्चको यस्तो व्याख्या त्रुटिपूर्ण भन्दै सरकारले सरकारले ‘गल्तीको फाइदा लिन नपाउने’ सिद्धान्तविपरीत फैसला भएको जिकिर गरेको छ । पुनरवलोकनमा मुलुकी देवानी संहिता, ०७४ को दफा १० मा गल्तीको फाइदा लिन नपाउने भनी सामान्य सिद्धान्तका रूपमा भएको व्यवस्थाविपरीत फैसला भएको जिकिर सरकारको छ ।  ‘ठगी प्रमाणित भइसकेको अवस्थामा, ठगीकै माध्यम बनेको युनिटीलाई नै बाँकी रकम सुम्पिनु भनेको आफ्नै गल्तीबाट फाइदा लिनु हो, जुन न्यायोचित हुँदैन,’ महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको पुनरवलोकन निवेदनमा भनिएको छ । गल्ती गर्नेलाई फाइदा पुग्ने गरी फैसला गर्दा भविष्यमा यस्तै प्रकृतिको ठगीले उन्मुक्ति पाउने नजिर बस्ने जिकिर गरेको छ । युनिटीमा ३ लाख ६२ हजारभन्दा बढी व्यक्तिहरूको रकम फसेको छ । तीमध्ये थोरैले मात्र जाहेरी दिएका थिए । जाहेरी नदिएकै आधारमा उनीहरूको अर्बौँ रकम पुनः ठगी गर्ने सञ्चालकहरूले नै हजम गर्न पाउने फैसला तिलप्रसादले गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले यसलाई ‘अनुचित सम्वृद्धि’ भनेको छ । जाहेरी दरखास्त नदिएका ३ लाख ६२ हजार १९८ जना समेतले कम्पनीमा जम्मा गरेका रकम पाउने गरी फैसला भएको हदसम्म कुनै जिकिर नलिई जाहेरी दरखास्त दर्ता गर्न नआएमा ठगी गरी जम्मा भएको रकम/सम्पत्ति कम्पनीको नाउँमा जम्मा हुने गरी भएको फैसला नमिलेको सरकारको दाबी छ ।  ‘कम्पनीको सदस्यता लिई रकम जम्मा गर्ने बचतकर्ताले जम्मा गरेको रकम यो फैसला भएको मितिले दुई वर्षभित्र आफ्नो सबुत/ प्रमाणसहित फिर्ता लिन आएमा छुट्टै खातामा जम्मा गरी सोही खातामा रहेको रकमबाट फिर्ता गर्ने र त्यसरी प्रमाणसहित फिर्ता लिन नआएमा दुई वर्षपछि स्वतः राज्यकोषमा जम्मा हुने गरी फैसला हुनुपर्नेमा सोविपरीत भएको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी मागबमोजिम गरिपाऊँ,’ सरकारले भनेको छ ।युनिटीका सञ्चालकहरूले ३७ वटा संस्था दर्ता गरी लगानी गरेका थिए ।  युनिटीले १ अर्ब १५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेको, ४१ करोड २८ लाख रुपैयाँ बैंक मौज्दात राखेको भेटिएको थियो । मुद्दा दर्ता हुनुअघि युनिटीका नाममा विभिन्न बैंकमा ४१ करोड २८ लाख ७ सय ८३ रुपैयाँ मौज्दात थियो ।

युनिटी सुरुमा १७ फागुन २०६२ मा सो इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेसनलका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । त्यसपछि २०६४ भदौमा नाम परिवर्तन गरी युनिटी लाइफ इन्स्योरेन्स बनाई बिमालगायत गैरकानुनी काम थालिएको थियो । युनिटी सञ्चालकहरुले २२ वटा विभिन्न कम्पनी र संस्थामार्फत अस्पताल, सपिङ सेन्टर, ट्राभल्स, रियल स्टेट, डिपार्टमेन्टल स्टोर, विज्ञापन एजेन्सी, डेरी उद्योग, हाइड्रोपावरमा लगानीका नाममा रकम सङ्कलन गरेका थिए । उनीहरुले नेटवर्किङ व्यवसाय गरे पनि स्वीकृति भने लिएका थिएनन् ।  युनिटीले आर्थिक वर्ष २०६२/६३ देखि आव २०६/६७ को अवधिमा ३ लाख ६८ हजार जनालाई सदस्य बनाएर ३ अर्ब ८३ करोड ४ लाख रुपैयाँ उठाएको थियो ।  २०६२ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीले सर्वसाधारणसँग अनुमतिबिना निक्षेप सङ्कलन गर्दै ठगी गरेको रहस्य खुलेसँगै सरकारले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
राष्ट्रपति पौडेलसँग बेलायती कर्णेलको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग बेलायती कर्णेलको शिष्टाचार भेट
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध