भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

सारांश

  • निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
  • निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
  • विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।

१२ भदौ, काठमाडौं ।

निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।

यस्ता छन् दोस्रो चरणका आन्दोलन :

१) मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्‍याली हुँदै कोण सभामा परिणत हुने ।

(२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।

(२) मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्‍याली गर्ने। उक्त यात्रीमा सबै स‌ंगठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।

(४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।

(५) मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।

(६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
लागूऔषध चरेशसहित एक जना पक्राउ
लागूऔषध चरेशसहित एक जना पक्राउ
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
तीन दलका शीर्ष नेताबीच छलफल
तीन दलका शीर्ष नेताबीच छलफल