थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

सारांश

  •   भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ ।
  • पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
  • यसअघि नेपालबाट ८१०.

२७ साउन, काठमाडौं । 

भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ । बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  ।

अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ । लिखु-२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ । गत आर्थिक वर्ष ०८१/८२ मा  नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य