२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
४९ पटक हेरिएको
Shares
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात

सारांश

  • २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ ।
  • अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।
  • स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे ।

३१ जेठ, काठमाडौं ।

२८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ । स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो । यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २-१ ले हराएको थियो । अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ । आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती विधेयक आज पास गर्ने तयारी
निजामती विधेयक आज पास गर्ने तयारी
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन