आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली

सारांश

  •   आगामी प्रतिनिधि सभाको निर्वाचन आचारसंहितबारे निर्वाचन आयोगको टोलीले आज सरकारलाई ‘ब्रिफिङ’ गर्ने भएको छ।
  •   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको टोलीले आज अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूलाई आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
  • आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले के के गर्न मिल्छ, के के गर्न मिल्दैन भन्ने विषयमा ‘ब्रिफिङ’ गर्नेछ।

 

४ माघ, काठमाडौं । 

आगामी प्रतिनिधि सभाको निर्वाचन आचारसंहितबारे निर्वाचन आयोगको टोलीले आज सरकारलाई ‘ब्रिफिङ’ गर्ने भएको छ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको टोलीले आज अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूलाई आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले के के गर्न मिल्छ, के के गर्न मिल्दैन भन्ने विषयमा ‘ब्रिफिङ’ गर्नेछ। आचारसंहिता लागू भइसकेपछि सरकारले कर्मचारी सुरुवा, बढुवा तथा नियुक्तिलगायतका प्रक्रियामा आयोगसँग परामर्श लिनुपर्नेछ। आयोगको अनुमतिविना यी काम गरिए सरकारले नै आचारसंहिता उल्लङ्घन गरेको ठहरिनेछ। निर्वाचन आयोगले अत्यावश्यकबाहेकका सरुवा बढुवामा अनुमति दिनेछैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?