गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन

सारांश

  • शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
  • उनीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिका इजरायलप्रति पक्षपाती रहेको र शान्ति स्थापनाका प्रस्तावहरूलाई रोक्न बारम्बार भिटो शक्ति प्रयोग गरेको पनि आलोचना गरेका छन् ।

४ असोज, काठमाडौं ।

शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

उनीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिका इजरायलप्रति पक्षपाती रहेको र शान्ति स्थापनाका प्रस्तावहरूलाई रोक्न बारम्बार भिटो शक्ति प्रयोग गरेको पनि आलोचना गरेका छन् । यमनको हाउथी समूहका राष्ट्रिय रेडियो तथा टेलिभिजनका महाप्रबन्धक अब्दुलरहमान अल–अहनोमीले भने, ‘साना र यमनमाथि बारम्बार इजरायली आक्रमण भए पनि, कतार, प्यालेस्टाइन र छिमेकी देशहरूमा इजरायली उल्लङ्घन भए पनि यमनका जनता आफ्नो स्थितिमा अडिग छन् । प्यालेस्टिनी जनतालाई समर्थन जारी राख्छन् र प्यालेस्टाइनसँग ऐक्यबद्धतामा सैन्य गतिविधि जारी राख्नेछन् ।’

इजरायलले हालै हाउथी नियन्त्रण क्षेत्रहरूमा हवाई आक्रमण तीव्र बनाएको छ । यसले केवल सैनिक स्थल मात्र नभइ बन्दरगाह, विद्युत् स्टेशन, इन्धन गोदाम र अन्य पूर्वाधारलाई पनि लक्षित गरेको छ । सञ्चार माध्यमहरू पनि आक्रमणबाट प्रभावित भएका छन् । सेप्टेम्बर १० मा भएको एक हवाई आक्रमणमा ३२ जना पत्रकारको मृत्यु भएको बताइएको छ । शुक्रबारको प्रदर्शनमा हाउथी नेताहरू र सहभागीहरूले गाजा स्थित प्यालेस्टिनी जनतालाई समर्थन जारी राख्ने र इजरायलले गाजामा आफ्नो सैन्य अभियान रोक्न नभएसम्म ड्रोन तथा मिसाइल हमला जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
जसपा नेपालले परिसङ्घ गठन गर्ने
जसपा नेपालले परिसङ्घ गठन गर्ने
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन