सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
४० पटक हेरिएको
Shares
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
  • छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।
  • सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।

 

२ जेठ, काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षकका मागमा सम्झौता गरिन्छ, तर कार्यान्वयन नहुँदा बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको ढुकुटी बलियो बनाउन के गर्न सकिन्छ भन्नेबारे गम्भीर सोच आवश्यक छ ।” सांसद अब्दुल खाँनले महिला तथा बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने, उत्पादनको मूल्य निर्धारण गर्नुपर्ने र अस्पतालहरूको सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

सांसद दीपक कार्कीले सरकारले विकासका लक्ष्यप्राप्त गर्न इच्छाशक्ति र इमान्दारिताको अभाव देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “झन्झटिलो कार्यविधिका कारण लक्ष्य हासिल गर्न कठिन भएको छ । तीन तहका सरकारबीच दोहोरोपन हटाएर, सही किसानलाई अनुदान सुनिश्चित गरिनुपर्छ । नियमन र नियन्त्रण कडा हुन आवश्यक छ ।” सांसद सर्वेन्द्रनाथ शुक्लाले शिक्षाको गुणस्तर सुधार गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो । उहाँले युवालाई देशमै अध्ययन गर्ने वातावरण बनाउनसके विद्यार्थी पलायन रोक्न सकिने पनि बताउनुभयो । सांसद प्रेम सुवालले मौलाउँदै गएको भ्रष्टाचारले सुशासन कायम हुन नसकेको भन्दै बेरुजु छानबिन स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल