Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
६४ पटक हेरिएको
Shares
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश

सारांश

  • जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
  • ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्।
  • प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

‎
‎२ पुस, काठमाण्डाै ।

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्। ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

पार्टी प्रवेशपछि बोल्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताएका छन्। “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने। ‎जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्

। उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा पार्टीलाई सकारात्मक ऊर्जा मिल्नेछ। ‎कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशाेर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २१ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २१ जना पक्राउ
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
खैरो हेरोइनसहित २ जना पक्राउ
खैरो हेरोइनसहित २ जना पक्राउ
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?