Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
४० पटक हेरिएको
Shares
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने

सारांश

  • प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी जेठ ६ गते हुने भएको छ ।
  • प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् ।
  • प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।

 

३० वैशाख, काठमाडौं ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी जेठ ६ गते हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।

समूह १० मा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे ।प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ