परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
५६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

सारांश

  •   संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।
  •   परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
  • साथै उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

४ असोज,  काठमाडौं । 

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।  परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री वालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार (असोज ६ गते) अमेरिका प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्। राष्ट्रसंघमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा जम्मा १४ जना हुनेछन्।  अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ। अमेरिका भ्रमण सकेर प्रधानमन्त्री शाह सेप्टेम्बर २६ तारिख स्वदेश फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल यसको तीन दिनपछि आउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
कालीगण्डकी करिडोर सडक अवरुद्ध
कालीगण्डकी करिडोर सडक अवरुद्ध
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक