तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
२२ पटक हेरिएको
Shares
तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध

सारांश

  • जिल्लाका तीन वटा गाउँपालिकाका नौ वटा वडामा टेलिफेन सेवा अवरुद्ध भएको छ ।
  • खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका ती वडाहरुका बस्तीमा टेलिफोन सेवा अवरुद्ध भए पछि समस्या भएको छ ।
  • खार्पुनाथ गाउँपालिका–१ का अध्यक्ष जयबहादुर शाहीले पिउस, बोच्चेगौडा, सुनखाडा, वडा नं ३ को राया, कारङ वस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको बताउनुभयो ।

२२ असार, हुम्ला ।

जिल्लाका तीन वटा गाउँपालिकाका नौ वटा वडामा टेलिफेन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका ती वडाहरुका बस्तीमा टेलिफोन सेवा अवरुद्ध भए पछि समस्या भएको छ । खार्पुनाथ गाउँपालिका–१ का अध्यक्ष जयबहादुर शाहीले पिउस, बोच्चेगौडा, सुनखाडा, वडा नं ३ को राया, कारङ वस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको बताउनुभयो । दुई हप्तादेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको उहाँले बताउनुभयो ।

रातिको समयमा मात्रै टावरले काम गर्दा नेटवर्क आउँने बताउँदै उहाँले रायाको ठानामा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट बञ्चित हुनुपरेको बताउनुभयो । यसैगरी सर्केगाड गाउँपालिका– ६ को स्याल्तडी, वडा नम्बर २ रिप र वडा नम्बर ३ को उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या हुने गरेको वडा नम्बर ३ का वडा अध्यक्ष अकिल कार्कीले  जानकारी दिनुभयो । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उहाँको भनाइ छ । त्यस्तै पालिका केन्द्र सर्केगाडमा पनि टेलिफोन सेवाले काम गर्न नसकेको स्थाानीयको भनाइ छ ।

यता चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङ एक महिनादेखि टेलिफोन सेवाबाट अवरुद्ध रहँदै आएको छ । टेलिफोन गर्न डाँडाकाँडा धाउनु पर्ने अवस्था रहेको स्थानीय बासना शाहीको भनाइ छ । गाउँपालिका केन्द्रमात्रै नभएर प्राय ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरले कम नगरेका कारण नेटवर्कमा समस्या आइरहन्छ ।पालिककै मेल्छाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाई भएको उहाँले बताउनुभयो । यस गाउँपालिकाका दुई वटा वडामा टेलिफोन सेवा अवरुद्ध रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ