नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ

सारांश

  • काठमाडौंस्थित नख्खु कारागारबाट भागेका कैदी विराटनगरमा पक्राउ परेका छन्।
  • सोमबार पक्राउ पर्नेमा भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्ता रहेका छन्।
  • प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएका गुप्ताले काठमाडौंको नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।

 

२२ मंसिर, विराटनगर ।

काठमाडौंस्थित नख्खु कारागारबाट भागेका कैदी विराटनगरमा पक्राउ परेका छन्। सोमबार पक्राउ पर्नेमा भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्ता रहेका छन्। प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएका गुप्ताले काठमाडौंको नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।

जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेर उनी विराटनगर आएको पत्ता लागेको छ।  विराटनगर महानगरपालिका–७ मा लुकेर बसेका गुप्तालाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो। गुप्तालाई सोमबार नै मोरङ कारागारमा बुझाएको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?