Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १२, २०८०
|
|
३७ पटक हेरिएको
Shares
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ ।
  • भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
  • यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ ।

१२ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ ।

भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ । वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।

स्थापना दिवस मनाए लगत्तै नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइने छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ । केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभियानकै क्रममा १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अन्तिम दिन माघ २६ गते पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या २ पुग्यो
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते