समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ।
  •   निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो।
  •   त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएका छन्।

 

२४ फागुन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ।  निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो।  त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएका छन्।

राप्रपा समानुपातिकतर्फ पाँचौँ स्थानमा छ। उसले ७४ हजार १२१ मत पाएको छ। श्रम संस्कृति पाटीले ४३ हजार ३९७, राष्ट्रिय परिवर्तन पार्टी २३ हजार ७३१, जनता समाजवादी पार्टी नेपालको १३ हजार ७२५, नेपाल मजदुर किसान पार्टी ९ हजार ७७६, एकल चिन्ह चकिया (जाँतो) ९ हजार ७५४ र जनमत पार्टी ८ हजार ६४५ रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?