प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १८, २०८३
|
|
२४० पटक हेरिएको
Shares
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति

सारांश

  • पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
  • सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भनेका छन् ।
  • उनले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै देशमाथि भइरहेको अतिक्रमणलाई सामान्यीकरण गर्ने वा हलुका बनाउने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि आघात पुग्ने बताएका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भनेका छन् ।

उनले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै देशमाथि भइरहेको अतिक्रमणलाई सामान्यीकरण गर्ने वा हलुका बनाउने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि आघात पुग्ने बताएका छन् ।

खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन् । उनले उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका करोडौं नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको दाबी गरेका छन् । ‘यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन,’ खनालले उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म उनको अभिव्यक्तिको विरोध र भत्र्सना गर्न सम्पूर्ण देशभक्त जनता तथा राजनीतिक शक्तिलाई आह्वान गरेका छन् । साथै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग आग्रहसमेत गरेका छन् । खनालले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती अभिव्यक्ति’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
बलात्कार आरोपमा एक जना पक्राउ
बलात्कार आरोपमा एक जना पक्राउ
श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृ*त्यु, आपतकाल घोषणा
श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृ*त्यु, आपतकाल घोषणा
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश