जनकपुरमा जलिरहेको युवतीको शव बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ६, २०८१
|
|
५१ पटक हेरिएको
Shares
जनकपुरमा जलिरहेको युवतीको शव बरामद

सारांश

  • जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

६ वैशाख, जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति