लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा

सारांश

  • लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.
  • ७३ अंक घटेको छ ।
  • सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ ।

१७ वैशाख, काठमाडौं ।

लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।

कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो । दुई समूहका सूचक मात्रै बढेका छन् । बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेका हुन् । सबै सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटे । विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार ०.६३ प्रतिशत घटे । श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशत बढ्यो । शिखर पावरको ७.९१, एसियन हाइड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ तथा एसवाई प्यानलको ३.८१ प्रतिशत मूल्य बढ्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो