भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
२९ पटक हेरिएको
Shares
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सारांश

  • भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ ।
  • आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
  • बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

१६ असोज, कञ्चनपुर ।

भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ ।

आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

बाँध खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदीमा नजान, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ ।

बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप