लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
२०१ पटक हेरिएको
Shares
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 

सारांश

  • लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।
  • दक्षिणकाली नगरपालिका-५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.

काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका-५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण