रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने

सारांश

  • सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समितिले गरेको सिफारिसको आधारमा रविलाई पक्राउ गर्ने तयारी गरेको प्रहरीले तत्काल उनलाई पक्राउ नगर्ने भएको उच्च स्रोतले जानकारी दियो ।
  • यसअघि आइतबार नै रविलाई पक्राउ गर्ने तयारी प्रहरीको थियो ।
  • उनलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा प्रहरी पुगेको थियो ।

 

७ असोज , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्ने तयारीबाट सरकार तत्काललाई पछि हटेको छ ।

सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समितिले गरेको सिफारिसको आधारमा रविलाई पक्राउ गर्ने तयारी गरेको प्रहरीले तत्काल उनलाई पक्राउ नगर्ने भएको उच्च स्रोतले जानकारी दियो । यसअघि आइतबार नै रविलाई पक्राउ गर्ने तयारी प्रहरीको थियो । उनलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा प्रहरी पुगेको थियो । तर, त्यहाँको भीड र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रविलाई पक्राउ गर्ने कार्य अहिलेलाई ‘होल्ड’ गर्न प्रहरीलाई राजनीतिक निर्देशन आएको उच्च स्रोतले बतायो।

तर, रविमाथि निगरानी गर्न भने नछोड्न प्रहरीलाई निर्देशन छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताले नै रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’ गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको उच्च स्रोत बताउँछ । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले यसअघि आइतबार सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडीआईजीजोशीलाई पक्राउ गरेको थियो । जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगिएको छ । प्रहरी उच्च स्रोतका अनुसार अब कास्की प्रहरीले जोशीलाई आज जिल्ला अदालतमा म्याद थप गर्नेछ। उनले बयानमा रविलाई पोले भने गिरफ्तारी थप सहज हुने प्रहरी स्रोत बताउँछ।  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको ग्रिसतर्फ उड्दै छन् । प्रधानमन्त्रीसमेत देश बाहिर छन् । राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिकामा छन् ।

प्रधानमन्त्री र प्रहरी नेतृत्वसमेत देश बाहिर हुने भएकाले उचित राजनीतिक परामर्श गरेरै रविलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । ‘जोशी विदेश भाग्ने आशंकापछि तत्काल जरूरी पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको हो,’ प्रहरी उच्च स्रोतले  भन्यो, ‘रवि राजनीतिक व्यक्ति भएकाले कतै नभाग्ने देखेपछि तत्काललाई उनको गिरफ्तारी होल्ड गर्न निर्देशन आएको हो ।’ गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै प्रतिवेदन कार्यान्वयन गर्न लिखित निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन कार्यान्वयन गर्न पत्र पठाइएको बताए ।

उनले भने, ‘प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको जोशी पक्राउले पनि देखिन्छ , रवि विदेश भाग्ने पनि होइनन् । उनीमाथि पनि प्रहरीले कारबाही अगाडि बढाउँछ। अब प्रहरीले सबै काम गर्ला।’  रविले आफू छानबिनमा सघाउने बताएपछि उनलाई जबरजस्ती पक्राउ गर्ने मोडमा सरकार नपुगेको स्रोत बताउँछ । तर उनलाई निगरानी गरिरहन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।  रविले आज प्रदर्शन गर्ने आशंकामा सम्भावित स्थानमा प्रहरी परिचालन गरिएको छ । रविले आफ्नो बचाउको लागि गर्नसक्ने हर्कतलाई लिएर प्रहरीले आफूलाई तयारी अवस्थामा राखेको प्रहरी मुख्यालयका एक उच्च अधिकृत बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि
‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’