Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा

सारांश

  •   नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् ।
  • सापकोटाले चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको हो ।
  •   ‘चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ ।

 

१४ चैत, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् । सापकोटाले चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको हो ।  ‘चैत्र २४ गते वृहत् प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ । त्यसलाई अलि अगाडि १५ गते लाई सारेका हौँ । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिनेछौँ ।  प्रदर्शनका लागि तयारी घनिभूत रूपमा भइरहेको छ ।

हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरूले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सी ,जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठूलो महत्त्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उनले भने । राजावादीको कार्यक्रम आफूहरूलाई थाहा नभएको भन्दै सापकोटाले एकै दिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने ,परिस्थिति भड्कन नदिने गरी काम गरिरहेका छौँ । व्यवस्थित शालीन, भद्र हुने छ । स्तरीय हुने छ,’ उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौँ । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ,’ उनले भने ।

प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान विन्दु पनि भएकाले देखिएका विकृति विसङगतिहरुको विरुद्ध केन्द्रित हुने उनको भनाइ छ । त्यसैले प्रदर्शन बहु आयामिक महत्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उनको बुझाइछ । सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोशका लागि प्रदर्शन उपयोगी हुने उनले जानकारी दिए ।यही मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन । बीना आधार उनीहरू उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकि अहिलेको यो असन्तुष्टि व्यवस्थाप्रतिको, लोकतन्त्रप्रतिको, गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षताप्रतिको असन्तुष्टि होइन । यो सरकारले जुन उल्टो गति लिइरहेको छ ।

यसले गर्दा जनतामा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन्,’ उपाध्यक्ष सापकोटाले भने,‘इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न सकिँदैन । युवाहरू यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर त्यसको अर्थ उनीहरू पछाडि फर्कन चाहँदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलो बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उनको भनाइछ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले लोकतन्त्रको विकल्प पछाडि फर्कने हुन नसक्ने उनले बताए ।  नयाँ युवा युवतीहरूको चाहानाहरू पूरा गर्नका लागि यथास्थितिवादबाट अगाडि बढ्नै पर्ने, नयाँपन दिनै पर्ने भएकाले माओवादी केन्द्रले सोही अनुसार काम गरिरहेको पनि बताए ।  नेपाली समाजलाई अगाडि बढाउन समाजवाद बाहेक अर्को व्यवस्था नभएकाले समाजवादमा न्याय र निष्पक्षता हुने उनको जिकिर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा