Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
५१ पटक हेरिएको
Shares
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

सारांश

  • नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ ।
  • संघका महासचिव डा.
  • सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् ।

७ साउन, काठमाडौं ।

नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् ।

गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीनजना मन्त्रीहरूबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो ।सहमति अनुसार, विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका संयोजक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि छन् ।

उक्त कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्रीसहित सरोकारवालालाई पेस गर्ने सहमति भएको थियो । तर, निर्धारित समयसीमा सकिएको लामो समयपछि पनि कुनै ठोस प्रगति नदेखिएपछि चिकित्सक संघले कार्यदल पूर्णरूपमा निष्क्रिय रहेको आरोप लगाएको छ । महासचिव तिवारीले सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा उनीहरूको मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार नरहेको बताएका छन् । ‘यसबाट नेपाल सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ तिवारीले विज्ञप्तिमा उल्लेख गरेका छन् । संघले यदि फेरि आन्दोलनमा जान बाध्य पारिएमा अबको आन्दोलनको स्वरूप थप सशक्त हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
नारायणगढ-बुटवल सडक अवरुद्ध
नारायणगढ-बुटवल सडक अवरुद्ध