बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

सारांश

  • माओवादी केन्द्र नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
  • एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।
  • मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।

२४ असार, हेटाैंडा । माओवादी केन्द्र नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चाैथाे पटक एमाले र कांग्रेसकाे गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेकाे छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । लामा यसअघिकाे सरकारमा एक वर्ष आर्थिक मामिला तथा याेजना मन्त्री थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प