मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

सारांश

  • बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ ।
  • चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।
  • यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ ।

१५ मंसिर, काठमाडौं ।

बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथा लघुवित्तको कर्जा सीमा घटाएको थियो । विशेषगरी लघुवित्तको अत्यधिक ऋणभारका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै सीमा कटौती गरिएको थियो । तर हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको र कर्जा विस्तार कमजोर भइरहेको स्थितिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पुनः सीमा वृद्धि गरेको हो ।

समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ । त्यस्तै, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित जिल्ला—जस्तै इलाम—का उद्यम तथा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याजदरमा कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । एकपटकका लागि हुने यो सुविधाले प्रभावित व्यवसायलाई पुनःउठानमा मद्दत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकको यो नीतिगत समायोजनले कर्जा प्रवाहमा सुधार हुने तथा अर्थतन्त्रको चलायमानतामा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन