Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

सारांश

  • नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
  •   आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
  • प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरुले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए ।

२६ असोज, काठमाडौं ।

नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरुले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए ।

‘फुटबललाई माया गर्नेहरु एकीकृत भएर वेथिति एन्फामा भइरहेको छ । गर्नुपर्ने आधारभूत कुराहरु समेत नगरेर सुतिरहनुभएको छ । त्यसैले हामीले झक्झक्याउनुपर्छ । उहाँहरुलाई काममा लगाउनुपर्छ भन्ने हिसाबले यहाँ आएका हौं,’उनले भने त्यस्तै उनले पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच फुटबलप्रेमीहरुमा रहेको धारणा राखे । साढे दुई वर्षसम्म ‘ए’ डिभिजन हुन नसकेको गुनासो गर्दै उनले ‘ए’ डिभिजन नहुनु भनेको फुटबल नै शुन्य हुनु रहेको बताए । उनले भने,‘हामीले धेरै पहिलादेखि नै एन्फामा परिवर्तन चाहिन्छ भन्ने सोच थियो ।

भिजन राखेर क्यालेण्डर बनाउनु भएको छ तर काम कत्तिको भयो त भन्ने पनि हेर्नुपर्छ । ‘ए’ डिभिजन नभएको साढे दुई वर्ष हुन लागिसक्यो । ‘ए’ डिभिजन नहुनु भनेको त फुटबल नै शुन्य हुनु हो । यही हिसाबले फुटबल अगाडि कसरी बढ्छ त ?’ प्रदर्शनमा सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी