न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा.
- एस जयशंकरबीच भेटवार्ता भएकाे छ ।
- संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो ।
७ असोज, काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया