१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ

सारांश

  • जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।
  • धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका- ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी पक्राउ परेका छन् ।
  • बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो ।

१५ साउन, जनकपुरधाम ।

जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका- ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो । साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ- ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए । साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए ।

आशाको धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भी रहेको प्रहरीले जनाएका छन् । प्रेमीका पुरानो श्रीमानसँग नजिकिँदा घट्यो घटना जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्याको घटनामा भने उनको आमा प्रमुख कारण देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रवक्ता सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा भएको १-२ महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान हुँदै प्रेम सम्बन्धमा परेका थिए । ‘आशाको श्रीमानलाई दुबैजनाको अबैध सम्बन्धको बारेमा थाहा भएपछि सो सम्बन्धमा दुवै पक्ष गाउँमा बसी छलफल हुँदा आशा रामबाबु सँग बस्ने सम्झौता भएको थियो’, उनले अगाडि भने, ‘श्रीमानले नै दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि दुबैजना छुट्टा छुट्टै बस्दै आएका थिए ।’

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकोमा पछि आर्थिक अवस्था सुध्रिदैँ जाँदा रामबाबुसँग टाढिन थालेको र पुरानै श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्याको घटना निम्त्याएको प्रहरी समक्ष बयान दिएको छ । आशाले आर्थिक अवस्था सवल हुँदै गएपछि रामबाबुको फोन नउठाउने, जनकपुरमा रुम लिएर बस्दै आएकोमा रामबाबुलाई जानकारी नदिई रुम फेरिने, रामबाबुको श्रीमतीलाई म्यासेज गरेर घरमा झगडा लगाइदिने जस्ता कामहरु गर्दै आएको रामबाबुले प्रहरी समक्ष बयान दिएको छ । घटनाभन्दा करिब २ महिना अघि रामबाबुले आशालाई जिविको पार्जनका लागि अटो खरिद गरिदिएकोमा त्यो अटो आफ्नो भाईको नाममा नामसारी गराएको र रामबाबु सँगै बस्ने कोठा सारेर आफ्नो श्रीमानलाई समेत ल्याएको खुलेको हो । घटनाको दिन समेत रामबाबुले पटक-पटक आशालाई फोन गर्दा आफु नउठाई छोरी अञ्जलीलाई दिएको र एक पटक कुरा भएपछि गाली लगौच गरेपछि रिसमा आएर गालि गर्दै आशा बस्ने कोठामा घरबाटै खुकुरी लिएर आई प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार