किराँत समुदायले आज उभौली पर्व मनाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
७१ पटक हेरिएको
Shares
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

सारांश

  • प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ ।
  • वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन।
  • किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् ।

२९ वैशाख, काठमाडौं ।

प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन। किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णता कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ ।

उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ । उभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रुपमा पनि लिइन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो ।

आजै, चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ । विशेषतः काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्रा प्रचलनमा छ । यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन