सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

किराँत समुदायले आज उभौली पर्व मनाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
८८ पटक हेरिएको
Shares
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

सारांश

  • प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ ।
  • वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन।
  • किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् ।

 

२९ वैशाख, काठमाडौं ।

प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन। किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णता कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ ।

उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ । उभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रुपमा पनि लिइन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो ।

आजै, चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ । विशेषतः काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्रा प्रचलनमा छ । यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
प्रधानमन्त्री ओली कतारको दोहामा
प्रधानमन्त्री ओली कतारको दोहामा
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड
माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन : प्रचण्ड
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु