गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
७६ पटक हेरिएको
Shares
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु

सारांश

  • गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ ।
  • त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।
  • ‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताउनुभयो ।

९ जेठ, काठमाडौं ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ । ‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताउनुभयो । अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् ।

इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो । बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ । आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड
माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ