बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

सारांश

  • स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै  सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो।
  • मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ।
  • ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ।

 

१८ भदौ , काठमाडौं :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ताकेता गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) लगायतका सेवा सञ्चालन गर्न ठूला सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ।https://press4k.com/स्वास्थ्य मन्त्रालयले वीर अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल तथा त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पताल सहित देशभरका ३४ वटा अस्पतालहरूलाई पत्र पठाउँदै  सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो। मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ। ‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक विदाको दिन बहिरंग सेवा (ओपिडी) लगायतका सेवाहरू अरु दिनमा जस्तो सञ्चालन नहुने गरेको गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखि ध्यानाकर्षण गराएको थियो। भदौ ७ गते पठाएको  उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख छ।राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ। राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। तर अस्पतालहरूले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा विदा दिनु पर्ने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
दाङमा गाडीले च्यापेर एक जनाको मृ*त्यु
दाङमा गाडीले च्यापेर एक जनाको मृ*त्यु
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै