आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

सारांश

  • नेपाल राष्ट्र बैंकले आज बैकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै छ ।
  •  बैंकहरुमा पैसा अधिक भएपछि १ खर्ब रुपैयाँ तान्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • बैंकले बोलकबोलको माध्यमबाट सो रकम उठाउन लागेको बोलकबोल दिउसो ३ बजेसम्म हुनेछ ।

 

३० भदौ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै छ । बैंकहरुमा पैसा अधिक भएपछि १ खर्ब रुपैयाँ तान्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले बोलकबोलको माध्यमबाट सो रकम उठाउन लागेको बोलकबोल दिउसो ३ बजेसम्म हुनेछ ।बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आव्हान गर्न सक्नेछन् ।निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा बयाज भुक्तानी असोज २१ गते हुनेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा बाँडफाँड हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?