Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
१०३ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता

सारांश

  •   प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।
  • उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

२९ असोज, काठमाडौं । 

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए । बेलायती राजदूतले सम्मानीय प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ
प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ
सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना