७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
६८ पटक हेरिएको
Shares
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

सारांश

  • स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई भाडामा दिउँ भन्ने अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाइएको छ।
  •  आज आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले शीर्ष नेताको बाहेकका जिल्लामा बजेट नदिएको भन्दै उनले यस्तो बताएका थिए।
  •   उनले भनेका थिए, ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ।

८ असार, काठमाडौं ।

स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई भाडामा दिउँ भन्ने अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाइएको छ।  आज आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले शीर्ष नेताको बाहेकका जिल्लामा बजेट नदिएको भन्दै उनले यस्तो बताएका थिए।  उनले भनेका थिए, ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्,

त्यसलाई नेपालमा राखौँ। बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिऊँ, अमेरिकालाई दिऊँ, भारतलाई दिऊँ, चीनलाई दिऊँ।’ उनले यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। छलफलमा सहभागी मानीय सदस्यले आपत्तिजनक विषय राख्नुभयो। विनियोजन छलफलमा भाग लिनु भएको छ। देशलाई अर्को कुनै देशलाई दिउ भनिरहनु भएको छ।

यो देशद्रोही अभिव्यक्ति हो। यो कारबाहीको विषय हो,’ उनले भने, ‘यो रेकर्डबाट हटाउने मात्रै होइन। उहाँलाई बोल्न दिने कुरामा पनि ख्याल गर्नुपर्छ। उहाँलाई यो भन्दा अगाडि बढ्न दिनु हुँदैन। कारबाहीको विषय बनाइयोस्। रुलिङ होस्।’बर्तौलाले बोलेलगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए। ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’संसद् सचिवालयका अनुसार उनको अभिव्यक्ति डिलिट भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ