काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
८७ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

सारांश

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.
  • प.

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.प.से.), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक (वन–वे) लगायतका कसुर समावेश छन् ।

कारबाहीको विवरणअनुसार मा.प.से.तर्फ ५३, सिसिटिभीमार्फत ५९, रातो बत्ती उल्लंघनमा ३९, तीव्र गतिमा १०४, हर्नतर्फ १२, लेन अनुशासन उल्लंघनमा ३, सवारीको अवस्था ठीक नभएकोमा ३४ तथा वन–वे उल्लंघनमा ३ वटालाई कारबाही गरिएको छ । अन्यमा ५१० वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?