पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी

सारांश

  •   भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग थालेको छ।
  •   बिहीबार आयोगले सिंहदरबारस्थित आयोग कार्यालयमा बोलाएर उनीहरूसँग बयान थालेको हो।
  • ‘सिंहदरबारस्थित आयोग कार्यालयमा छुट्टाछुटै कोठमा दुवैजना सँग बयान चलिरहेको छ,’ आयोग स्रोतले भन्यो, ‘करिब ४ बजेदेखि बयान सुरु भएको हो।

२५ मंसिर, काठमाडौं । 

भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग थालेको छ।  बिहीबार आयोगले सिंहदरबारस्थित आयोग कार्यालयमा बोलाएर उनीहरूसँग बयान थालेको हो। ‘सिंहदरबारस्थित आयोग कार्यालयमा छुट्टाछुटै कोठमा दुवैजना सँग बयान चलिरहेको छ,’ आयोग स्रोतले भन्यो, ‘करिब ४ बजेदेखि बयान सुरु भएको हो।’

उनीहरूसँग बयान लिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै प्रश्न तयार पारेका थिए। यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो। खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए। भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ। यसअघि खापुङलाई आयोगले स्पष्टीकरण पनि मागेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग गरेको थियो। जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जानकारी गराएको थियो। त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो।

तर लामो समयसम्म जवाफ नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टाको समय दिँदै स्पष्टीकरण मागिएको थियो। यहीबीच उनले स्पष्टीकरणसहित आयोगले माग गरेको विवरण पनि पठाएका थिए। त्यसको केही दिनमै कात्तिक २६ गते खापुङ अनिवार्य अवकाश भएका थिए। अवकाशमा गएका खापुङसँग त्यतिबेलाको घटनामा आयोगले सोधपुछ गर्न लागेको हो।  त्यस्तै पूर्वगृहसचिव गोकर्णमणी दुवाडी जेनजी आन्दोलनका बेला गृहसचिव रहेका थिए। उनलाई सुशीला कार्की नेतृत्वको सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध