Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
४५ पटक हेरिएको
Shares
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् ।
  • पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् ।
  • प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

 

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् ।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए । शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो । अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो । ‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिपी राजमार्गको पुनर्निर्माण सुरु
बिपी राजमार्गको पुनर्निर्माण सुरु