भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द

सारांश

  • भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ ।
  • भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् ।
  • धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१० असोज , काठमाडौँ । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ ।

भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै वर्षाका कारण कैयौं उडान समेत डाइभर्ट गर्नुपरेको थियो । भारतीय मौसम विभागले मुम्बई र यसको आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहानसम्म रेड अलर्ट जारी गरेको छ ।  भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ ।

मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ । मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ । पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण