आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ

सारांश

  • सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छपाइ गर्न थालेको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छपाइको कार्य प्रारम्भ गरेको हो ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण केन्द्रको मसिनमा बटन थिचेर लाइसेन्स छपाइ कार्यको उद्घाटन गरे ।

२१ कात्तिक, काठमाडौँ ।

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छपाइ गर्न थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छपाइको कार्य प्रारम्भ गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण केन्द्रको मसिनमा बटन थिचेर लाइसेन्स छपाइ कार्यको उद्घाटन गरे । उनले कानुनी उल्झन र विविध कठिनाइबिच पनि आवश्यक तयारी पूरा गरी सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरिएको बताए ।

“वर्षौँदेखि थन्किएका मसिन र पार्टपूर्जा धुलाम्मे अवस्थामा थिए । अहिले हामीले ती सबै मर्मत गरी छपाइ सुरु गरेका छौँ,” मन्त्री खरेलले भने, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । जनतालाई सुशासनको प्रत्याभूति दिने उद्देश्यले यो काम अघि बढाइएको हो ।” उनका अनुसार सुरक्षण मुद्रण केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, हुलाक टिकट, स्टिकरलगायत सामग्री पनि छपाइ गर्न सकिने क्षमता छ । तर विगतमा विदेशी कम्पनीलाई ठेक्का दिँदा देशको ठुलो रकम बाहिर जाने र सुरक्षासम्बन्धी प्रश्न उठ्ने गरेको उनले उल्लेख गरे । मन्त्री खरेलले नीतिगत सुधार, कानुनी प्रक्रिया र स्रोत–साधन व्यवस्थापनमार्फत अबदेखि आवश्यक सरकारी मुद्रण कार्य क्रमशः केन्द्रमै गर्ने तयारी रहेको बताए । “अदालत र अख्तियारमा मुद्दा र उजुरीबिच पनि हामीले कानुनी बाटो मिलाएर यो सुरुवात गरेका हौँ । यसले मुलुकको पैसा बाहिर जान रोक्नेछ र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि यो राम्रो कदम हो,” उनले भने ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले कानुनी उल्झन र प्राविधिक जटिलता समाधानपछि आजदेखि छपाइ कार्य सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौताअनुसार कार्य सुरु भएको हो । हाल दैनिक ५०० प्रति छपाइ सुरु भएको र क्रमशः उत्पादन क्षमता बढाउँदै लैजाने तयारी रहेको केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाइ सुरु भएको छ भने कागजी छपाइको काम आगामी छ महिनाभित्र सुरु गरिने तयारी भइरहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए । उनका अनुसार सुरक्षण मुद्रण केन्द्रबाट आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले बोलायो संसदीय दल बैठक
रास्वपाले बोलायो संसदीय दल बैठक
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या
टोखामा रड प्रहार गरी एक पुरुषको ह*त्या