काठमाडौँमा केन्द्रित हुँदै शिक्षक आन्दोलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौँमा केन्द्रित हुँदै शिक्षक आन्दोलन

सारांश

  • यस कार्यक्रमको उद्देश्य शिक्षा ऐनको सुधार र अधिकार सुनिश्चित गर्नु थियो।
  • सुवेदीले कार्यक्रम सफल बनाउन सकृय भूमिका खेल्ने सबैलाई आभार प्रकट गरेका छन्।
  • त्यस्तै, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पनि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आयोजित आन्दोलन कार्यक्रममा सातै प्रदेशका विद्यालय कर्मचारीहरूलाई हार्दिक आभार र धन्यवाद दिइएको जनाए।

१६ फागुन, काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फागुन १५ गते सातवटै प्रदेशमा आयोजित शिक्षा ऐनका लागि खबरदारी जुलुश, विरोधसभा र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा योगदान पुर्‍याउने सबै शिक्षक कर्मचारीहरूको प्रशंसा गरेका छन्। यस कार्यक्रमको उद्देश्य शिक्षा ऐनको सुधार र अधिकार सुनिश्चित गर्नु थियो।

सुवेदीले कार्यक्रम सफल बनाउन सकृय भूमिका खेल्ने सबैलाई आभार प्रकट गरेका छन्। त्यस्तै, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पनि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आयोजित आन्दोलन कार्यक्रममा सातै प्रदेशका विद्यालय कर्मचारीहरूलाई हार्दिक आभार र धन्यवाद दिइएको जनाए। यस कार्यक्रमले प्रदेश तहमा शिक्षक कर्मचारीहरूको सक्रिय सहभागीतालाई रेखांकित गरेको छ र शिक्षा ऐनमा आवश्यक सुधारका लागि आन्दोलनको महत्त्वलाई उजागर गरेको छ।

शिक्षक कर्मचारीहरूको आन्दोलन अब काठमाडौँ केन्द्रित हुँदैछ। प्रदेश तहमा सफलतापूर्वक सम्पन्न आन्दोलनपछि अब शिक्षक कर्मचारीहरूले काठमाडौँमा आफ्नो आन्दोलनको अर्को चरण सुरु गर्न लागेका छन्। शिक्षक कर्मचारीहरूको लामो संघर्षपछि सरकारसँग गरेका सहमति अनुसार अब शिक्षा ऐन संसदको चालु अधिवेशनबाट पारित हुने अपेक्षा गरिएको छ। शिक्षक कर्मचारी संघसंगठनहरूको संघर्ष र आन्दोलनपछि सरकारसँग भएका सम्झौतामा आधारित रहेर शिक्षा ऐनको तयारी अघि बढेको छ।

शिक्षक कर्मचारीहरूले बारम्बार सरकारसँग भएको सहमति कार्यान्वयन गर्न र ऐनलाई संसदमा पेस गर्न दबाब दिएका छन्। यस ऐनले शिक्षक कर्मचारीहरूको कामकाजी अवस्था, शैक्षिक संस्थाहरूको सुधार र शिक्षाको गुणस्तरलाई उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। संसद्कोर चालु अधिवेशनबाट शिक्षा ऐन पारित भएमा यसले शिक्षा क्षेत्रका विभिन्न समस्याहरूको समाधानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
साढे १ अर्ब क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
साढे १ अर्ब क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न