Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

सारांश

  • कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
  • पलाँता गाउँपालिका-९ थीर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
  • दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षीय अम्बा शाही छन् ।

 

८ वैशाख, सुर्खेत ।

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका-९ थीर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ ।

शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।  दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । अप्ठेरो भिर भएकाले ट्याक्टर भएको ठाउँसम्म प्रहरी पुग्न सकिएको छैन । त्यसैले दुर्घटनाग्रस्त ट्याक्टरको नम्बर पनि खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी