उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट

सारांश

  •   उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
  • उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (ईयू) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए ।

१६ वैशाख, काठमाडौं । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् ।काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (ईयू) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए ।

‘नेपाल र ईयूबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु,’ उनले भने, ‘ईयू नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’ स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा ईयूको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्‍याएको बताए । ‘सगरमाथा संवाद’को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौंमा हुने जानकारी गराए ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गरिन् । ‘युरोपेली सङ्घ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ,’ उनले भनिन् ।  राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा ईयू लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेश प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने