राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट

सारांश

  • राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने टिप्पणी गरेका छन् ।
  • सोमबार काठमाडौंको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो ।

१५ वैशाख, काठमाडौं ।

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने टिप्पणी गरेका छन् । सोमबार काठमाडौंको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू,’ विष्टले चेतावनी दिँदै भने, ‘यिनले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।’

उनले जनयुद्धको बेलामा नेपाली सेनाले प्रचण्डलाई उनी हिँडेको एक घण्टापछि मात्रै घरमा बम पड्काउएकै कारण पटक पटक जोगिएको समेत उल्लेख गरे । सेनाले ऊ (प्रचण्ड) बसेको घरमा बम हान्दो रहेछ । ठिक्क प्रचण्डले घर छाडेर हिँडेको एक घण्टामा बम पड्काउँदो रहेछ,’ विष्टले भने, ‘अर्को घर पनि छाडेको एक घण्टापछि पड्काउँदो रहेछ । यो आर्मी पनि बडो खेलाडी, बेलामा नहान्ने, हिँडेपछि हत्तेरी मिस भयो भन्ने ।’उनले यस्तै कारणबाट प्रचण्ड बाँचेको भन्दै ख्याल गर्न चुनौती दिए । ‘यस्तै हत्तेरी मिस भयो भनेर बाँचेको प्रचण्ड, ख्याल गर्नू,’ विष्टले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित
यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)