६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना

सारांश

  •   काठमाडौं जिल्ला अदालतले जीवन चलाउनेसहित ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीलाई ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।
  • केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० सालको भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
  • सीआईबीले आफ्नो अनुसन्धानमा उनीहरु अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा संलग्न रहेको निष्कर्षसहित मुद्दा दायर गरेको थियो ।

२६ जेठ, काठमाडौँ । 

काठमाडौं जिल्ला अदालतले जीवन चलाउनेसहित ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीलाई ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० सालको भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सीआईबीले आफ्नो अनुसन्धानमा उनीहरु अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा संलग्न रहेको निष्कर्षसहित मुद्दा दायर गरेको थियो । सीबीआईले नै २०८१ असार १८ गते दोस्रो चरणको अनुसन्धान पूरा भएको भन्दै ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमै मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएको र पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि ४६ मध्ये फरार रहेका १९ जना अझै सम्पर्कमा नआएको भन्दै अदालतले सोमबार एक सूचना निकालेर ३५ दिनभित्र अदालतमा आउन भनेको हो । १९ मध्ये ६ जना चिनियाँ नागरिक छन्। २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शुमा ६० किलो ७१६ ग्राम सुन रहेको प्रमाणित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
इरानलाई हराउँदै नेपाल फाइनलमा
इरानलाई हराउँदै नेपाल फाइनलमा
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा