Press 4K
बिहिबार, १४ श्रावण २०८३

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ।
  • निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
  • आयोगले यससम्बन्धी जानकारी सबै सम्बन्धित उम्मेदवारलाई गराइसकेको समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए।

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। आयोगले यससम्बन्धी जानकारी सबै सम्बन्धित उम्मेदवारलाई गराइसकेको समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिएर नाम फिर्ता लिन सकिने व्यवस्था छ। कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...